निषेधाज्ञापछि सुनसान नेपालगन्ज
नेपालगन्ज: समुदायस्तरमा कोरोना फैलिएको भन्दै बाँकेमा आज देखि ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । यात्रा विवरण नै नभएका व्यक्तिमा संक्रमण फैलिएको पाईएपछि त्यसको रोकथाम तथा नियन्त्रण गर्न कोरोना संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएपछि आईतबार विहानै देखि नेपालगन्जमा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलेका छैनन भने विभिन्न चोक चौराहमा सुरक्षाकर्मी परीचालन गरिएको छ । सवारी साधन, पसल व्यवसाय बन्द हुँदा बाँकेको जनजीवन सुनसान देखिएको छ ।
निषेधाज्ञा पछि नेपालगन्जका विभिन्न चोक चौराहको दृष्य यस्तो छ । तस्बिर: प्रेम बुढा क्षेत्री र मेरोखुसी फोटो पत्रकार