बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुल जोखिममा

शक्ति परियार : बर्दियाको राजापुरस्थित बर्दिया र कैलालीको सिमानामा रहेको सत्तीघाट (कर्णाली पुल) बर्षातका कारण उच्च जोखिममा परेको छ । कर्णाली नदीको पानीको वहावले पुलको पूर्बि क्षेत्र बर्दिया तर्फ निरन्तर दवाव दिँदा ढुङ्गाको (ग्यावीन जाली) भासिन गई पुल उच्च जोखिममा परेको हो । ३ बर्ष अघिदेखी नै उक्त पुलको पूर्व तर्फको किनारमा ठूलो प्वाल परे पनि टालटुले निमार्ण भएकाले बर्षेनी उच्च जोखिममा पर्ने गरेको छ । ५ नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेश लाई जोड्ने पुलको बर्दिया तर्फको अन्तिम पिल्लरसँगै बनाइएको ताराजालीसहित तटबन्ध वर्षेनी भाँसिदै गएको छ । कर्णाली नदीले धार परिवर्तन गरी पुलको किनारबाट बग्न सुरु गरेसँगै पुलको किनारमा ठूलो प्वाल परेको यहाँका स्थानियको गुनासो छ । स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएको एक वर्षपछि नै तारजाली भाँसिन सुरु भएको थियो । पुल किनारमा परेका प्वालका कारण सवारी आवत जावतमा समेत समस्या परेको छ । प्वाल परेको ठाउँमा तारजाली राखिएको छ ।

रसुवा कन्स्ट्रक्सन प्रालिले ६ वर्षअघि समयवधि भन्दा झण्डैं नौ महिना अगाडि निर्माण सम्पन्न गरेको उक्त पुलको किनारमा ठूला ठूला प्वालहरु परे पनि यसअघि मर्मत गर्दै आएको थियो । २०७५ साल यता निर्माण कम्पनीले मर्मत गर्ने समय सकिएसँगै यस वर्ष पुलमा परेका प्वाल जस्ताका त्यस्तै छन् । पूलको पूर्बिभागमा १ स्पान थपगर्ने आस्वासन दिँदै तत्कालीन मंत्री, सांसद एवं बिभागका सचिवले अनुगमन गरेपनी अहिले सम्म कोहि फर्केर नआएको भन्दै यहाँका बासिन्दाले चिन्ता व्यक्त गरेका    छन् ।