स्रोत नखुलेको ९ लाख रुपैयाँसहित बाँके निकुन्जका प्रमुख नियन्त्रणमा

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । विशेष सुचनाका आधारमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायलाई स्रोत नखुलेको करिव ९ लाख रुपैया सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले स्रोत नखुलेको रु.३ लाख ४८ हजार नगद र ५ लाख ५५ हजारको बिभिन्न मितिको बैंक भौचर सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा सैनामैना नगरपालिका वडा नं. १० रुपन्देहीबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । पक्राउ परेका प्रमुख संरक्षण अधिकृत भट्टराई र सहायक संरक्षण अधिकृत रोकायमाथी अनुसन्धान भइरहेको बताईएको छ ।