बाँके कारागारका २१ जनाको परीक्षण गर्दा ७ बन्दीमा कोरोना

नेपालगन्ज :  बाँके कारागारका ७ जना बन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कारागारका जेलर देवेन्द्र्र श्रेष्ठका अनुसार २१ जना बन्दीको स्वाबको नमूना परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको हो । जेलर श्रेष्ठले भने, ‘सबै जनाको स्वाब संकलन भएको थिएन । रेन्डमली सबै कोठामा बसेकाहरुको परीक्षण गर्दा सात जनामा कोरोना देखिएको खबर आएको छ ।’ बाँके कारागारमा वडा प्रहरी कार्यालयका प्रहरीको स्वाब संकलन गरिएको थियो । ६ जना प्रहरीलाई पनि कोरोना पुष्टि भएको छ ।