६ प्रहरीमा कोरोना भएपछि नेपालगन्जको वडा प्रहरी कार्यालय शिल

नेपालगन्ज :  वडा प्रहरी कार्यालय नेपालगन्जका ६ जना प्रहरीलाई कोरोना संकमण पुष्टि भएपछि कार्यालय शिल गरिएको छ ।
वडा प्रहरी कार्यालयका इन्चार्ज इन्सपेक्टर हरिबहादुर बस्नेतका अनुसार ७ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ६ जनामा कोरोन संक्रमण पुष्टि भएको हो । मंगलबार साँझतिर वडा प्रहरी कार्यालय शिल गरिएको बस्नेतले बताए ।