कोरोनाबाट विश्वमा ७ लाख जनाको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर ७ लाख जनाको मृत्यु भएको छ ।
विश्वव्यापी कोरोना रेकर्र्ड अपडेट गर्ने अनलाइन वल्र्र्डोमिटरर्स डट इन्फोको बुधबार बिहान ९ः३० बजेसम्म विश्वमा एक करोड ८७ लाख जना संक्रमित भएकोमा ७ लाख ४ हजार ३६५ जनाको ज्यान गएको छ । कोरोना निको हुने संख्या भने एक करोड १९ लाख १७ हजार रहेको छ ।
सबैभन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा छ । जहाँ ४९ लाख १८ हजार संक्रमित छन् भने एक लाख ६० हजार जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । कोरोना बढी हुने दोस्रो देश ब्राजिलमा २८ लाख ८ हजार संक्रमित र ९६ हजारले कोरोनाबाट ज्यान गुमाएका छन् । तेस्रो बढी संक्रमित हुने भारतमा १९ लाख ६ हजार संक्रमित र ३९ हजार ८२० जना संक्रमितको मृत्यु भएको छ ।