बर्दियामा एकैदिन १३ जनामा कोरोना, २५ साउनदेखि ५ दिन निषेधाज्ञा घोषणा

शक्ति परियार । राजापुर
बर्दिया जिल्लामा बिहीबार एकैदिन १३ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना पुरुष, बाँसगढी नगरपालिकाका ३ जना, गेरुवा गाउँपालिकाका २ महिला र ४ पुरुष गरी ६ जना, राजापुुर नगरपालिकाका १ जना महिला, बढैयाताल गाउँपालिकाका १ जना र सुखड कैलालीका १ जनामा कोरोना पुष्टी भएको हो ।
यो सँगै बर्दियामा अहिलेसम्म २ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । बर्दियामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाले आउँदो साउन २५ गते आइतबार बिहान ६ बजेदेखि साउन २९ गते मध्यराति १२ बजेसम्म ५ दिनका लागि लकडाउन गर्ने निणर्य गरेको छ । केन्द्रका संयोजक बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको संयोजकत्वमा बसेको आपत्कालिन बैठकले साउन जिल्लाभर पूर्ण रुपले निषेधाज्ञा घोषणा गर्ने निर्णय गरेको हो ।