नेपालगन्जमा १६, कोहलपुरका ४ गरी बाँकेमा थप २० मा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणममा नेपालगन्जका १६ जना र कोहलपुरका ४ जनामा कोरोना पुष्टि भएको हो । बर्दियाको गुलरिया र बाँसगढी नगरपालिका एक एक जना महिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।