२ गाउँका युवाबीच खुकुरी हानाहान, ५ जना घाइते

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ९ खक्रौलास्थित बालुवाटारमा दुई गाउँका युवाबीच खुकुरी हानाहान भएको छ।
शनिबार साँझ करिब ६ बजे टीकापुर नगरपालिका ६ प्रसेनी गाउँका र टीकापुर नपा ७ बैदी मौभेरिटोलका युवाबीच खुकुरी हानाहाना हुँदा दुबै पक्षका ५ जना घाइते भएको इलाका प्रहरीले कार्यालय टीकापुरले जानकारी दिएको छ । खुकुरी प्रहारबाट टीकापुर ६ प्रसेनीका दिनेश साउँद, किरण रावल, र सुरज चौधरी घाइते भएका छन् भने त्यसैगरी अर्को समूह टीकापुर ७ बैदी का तपेन्द्र साउँद र भुवन साउँद पनि घाइते भएका छन् । घाइते ५ जनाको टीकापुर अस्पताल उपचार भइरहेको इलाका प्रहरीले कार्यालय टीकापुरले जनाएको छ । घटनास्थलबाट प्रहरीले टीकापुर ६ प्रसेनीका रवन साउद ,लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको प्रहरी चौकी कालाकुण्डाका प्रहरी सहायक निरीक्षक भीमबहादुर बिकले बताए ।