लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आयो : सांसद नमूना

नेपालगन्ज : प्रदेशसभा सदस्य कृष्ण केसी नमूनालाई लक्षणसहितको कोरोना संक्रमण भएको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा शनिबार कोरोना परीक्षण गरेकी सांसद नमूनाको रिपोर्ट पोजेटिभ आएको हो । भेरी अस्पतालको क्याबिनमा उपचार गराइरहेकी सांसद नमूनाले मेरो खुसीसँग भनिन्, ‘तीन चार दिनदेखि सञ्चो थिएन । सुरुमा टाउको दुख्यो । त्यसपछि खानाको स्वाद नै हरायो । रुघाखोकी पनि लाग्न थालेपछि कोरोना आशंकमा परीक्षण गराउन गएकी हुँ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालमा उपचारमा छु ।’

सांसद नमूनाले कोरोना संक्रमण पुष्टि भएपछि फेसबुकमा स्टाटस लेखेर आफ्नो सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गराउन पनि आग्रह गरेकी छन् ।

लक्षण देखिएका संक्रमितलाई चिकित्सकको प्रत्यक्ष निगरानीको आइसोलेसनमा राख्ने गरिन्छ । प्रदेश ५ सरकारको सहयोगमा भेरी अस्पतालले व्यवस्थापन गरिरहेको खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनलाई केही दिनभित्रै भेरी अस्पतालमै सार्ने तयारी पनि भइरहेको स्रोतले जनाएको छ ।