खुकुरी प्रहारबाट घाइते ३ लाई नेपालगन्ज रेफर

खुकुरी प्रहारबाट घाइते दिनेश साउँद र सुरज चौधरी । फोटो : मानबहादुर ठकुल्ला

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा दुई समूहबीच भएको झडपमा धारिलो हतियार प्रहारबाट घाइते भएका तीन जनालाई नेपालगञ्ज रेफर गरिएको छ।

कालाकुण्डा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भीमबहादुर बिकले झडपमा परी घाइते भएका तीन जनालाई नेपालगञ्ज रेफर गरिएको जानकारी दिए। रेफर हुनेमा टीकापुर नगरपालिका ६ का १७ वर्षीय दिनेश साउँद, १९ वर्षीय सुरज चौधरी र वडा नम्बर ७ का १७ वर्षीय भुवन साउँद रहेको प्रहरीले जनाएको छ । शनिबार साँझ वडा नम्बर ६ र ७ का युवाहरुबीच झडप भएको थियो।
झडपमा परी पाँच जना घाइते भएका थिए। झडपका क्रममा धारिलो हतियार प्रहार भएको देखिए पनि बरामद गर्न नसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। प्रहरीले घटनास्थलबाट टीकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई शनिबार साँझ नै पक्राउ गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *