नेपालगन्जका चोक चोकमा काँडेतार, सडकमा सेना (फोटो फिचर)

नेपालगन्ज: बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा फैलिदै गएपछि आजदेखि मुख्य जोखिमयुक्त क्षेत्र मानिएको नेपालगन्जका विभिन्न चोक चौराहमा सेना परिचालन गर्नुका साथै काँडेतार लगाएर सील गरिएको छ । सुर्खेत रोडलाई बाहिर पारेर सील गरिको क्षेत्रमा नेपाली सेनालाई परिचालन गर्नुका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि खटाईएको छ ।
नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्र २७ गते राती १२ बजेसम्म्का लागि सील गरिएको हो ।। बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले समुदायस्तरमा कोरोना संक्रमण फैलिनेक्रम नरोकीएकोले नेपाली सेनाको अगुवाईमा सवै सुरक्षासंयन्त्र परिचालन गरिएको बताए ।