३० प्रहरीसहित बाँकेमा ४८ जनामा कोरोना

नेपालगन्ज : बाँकेमा आइतबार ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी ओमबहादुर रानाका अनुसार संक्रमितमध्ये ३० जना प्रहरी हुन् । उनले भने, ‘आइतबार थप ३० जनालाई कोरोना संक्रमण भएको हो । यसअघिका ६ जनासहित ३६ जना मात्र प्रहरीलार्ई मात्र कोरोना भएको हो ।’