आइतबारदेखि कोहलपुरमा ५ दिने बन्दाबन्दी

कोहलपुर : कोरोना संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएपछि कोहलपुरमा आइतबारदेखि ५ दिने बन्दाबन्दी गरिएकोे छ । शनिबार विहान नगरपालिकामा भएको सर्वपक्षिय बैठकले श्रावण ३२ गते देखि भदौ ५ गतेसम्म नगरपालिकाका भित्रका सम्पुर्ण सार्वजनिक सेवा र व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको हो ।
कोहलपुर नगरपालिकाकाअनुसार संक्रमण नियन्त्रणका लागि सरकारी तथा गैह्र सरकारी कार्यालय, बैंक तथा वित्तिय संघ संस्था, होटल रेष्टुरेन्ट, उद्योग कलकारखाना र तरकारी हाटबजार लगायत सबै सेवाहरु बन्द गरिने छन । नगरपालिकाद्धारा जारी सार्वजनिक सूचनामा भदौ ५ गते राती १२ बजेसम्म पुर्ण रुपमा कोहलपुर बन्द रहने जनाईएको छ ।