नेपालमा कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु

नेपालगन्ज : नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा मात्र एक महिलासहित ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
मृत्यु हुनेमध्येमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान ११ जिल्लामा एक–एक जना छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३७ पुगेको छ । गत २४ घण्टामा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष रहेका छन्। योसहित संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।