कोरोनाबाट नेपालगन्जकी ७० वर्षीया महिलाको निधन

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट नेपालगन्ज–७ की ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ३ भदौमा छातीमा समस्या भएर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी उनलाई ६ भदौमा शिक्षण अस्पताल कोहलपुरमा भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान १०ः३० बजे उनको उपचारको क्रममा कोहलपुरमा निधन भएको थियो । उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो । योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । जसमा ३ जना महिला नै छन् । मृतकमध्ये नेपालगन्जका मात्र ३ जना पुगेका छन् ।