बर्दियामा थप २ जनामा कोरोना

गुलरिया  : बर्दियामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा दुईजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा बर्दियावाट २ सय ४७ जनाको स्वावको नमूना संकलन गरी परिक्षणको लागि पठाएकोमा २ जनाको नतिजा पोजेटिभ आएको प्रमुख गिरीले जानकारी दिए ।
बिहिबार संक्रमण पुष्टि भएका मध्य बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० का २० बर्षका पुरुष र मधुवन नगरपालिका वडा नम्वर ९ का २१ बर्षका पुरुष रहेका छन । यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय २९ पुगेको छ । जसमध्य ६२ महिला र २ सय ६७ पुरुष रहेका छन । बर्दियामा हालसम्म २ सय ७८ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने १ जनाको कारोनाका कारण मृत्यु भएको छ । जिल्लाका विभिन्न आईशोलेसनमा ५० जना उपचार गराई रहेका छन । बर्दियामा कुल ७ सय ४९ जनाको नतिजा आउन बाँकी रहेको छ ।