नेपालगन्जमा बिहीबार साँझ थप ३ मा कोरोना

नेपालगन्ज : नेपालगन्जमा बिहीबार साँझ थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरको कोरोना प्रयोगशालामा नेपालगन्ज–१८ का २६ वर्षीया महिला र ३८ वर्षीय पुरुषका साथै नेपालगन्ज ४ का ३५ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । यसअघि दिउँसो बाँकेमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *