बाँकेमा ११ जना संक्रमित डिस्चार्ज हुँदै

नेपालगन्ज : बाँके जिल्लामा शुक्रबार थप ११ जना संक्रमित आइसोलेसनबाट डिस्चार्ज हुँदैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका ५ वटा आइसोलेनबाट ६ जना कोहलपुरका र नेपालगन्जका ५ जना डिस्चार्ज हुन लागेका हुन् । योसँगै जिल्लामा कोरोना निको भएर घर फर्कनेको संख्या ६ सय ९३ जना पुगेका छन् । जिल्लामा कूल कोरोना संक्रमितको संख्या ९ सय ५६ जना रहेकोमध्ये २ सय ५७ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म जिल्लामा ६ जनाको ज्यान गइसकेको छ ।