पुर्वाधार कार्यालय बाँँकेका प्रमुख ५ लाख ३० हजार घुससहित पक्राउ

नेपालगन्ज: पुर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष कुमार अर्याल घुस सहित पक्राउ परेका छन ।

सेवाग्राहीवाट रकम लिई बुटवल तर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा प्रमुख अर्याललाई ५ लाख ३० हजार घुस सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख अर्याललाई स्रोत नखुलेको उक्त रकम र ३३–१–०९६१ नम्वरको गाडी सहित भौतिक पुर्वाधार विकास मन्त्रालयप्रदेश नम्वर ५ बुटवलको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको हो । प्रमुख अर्याललाई विशेष सूचनाका आधारमा आयोगको कार्यालय बुटवलवाट खटिएको टोलीले पक्राउ गरी अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।