कोहलपुरका १७ सहित बाँकेमा ४० जनामा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा सोमबार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार कोहलपुरका १७, नेपालगन्जका ८, खजुराका ६, विभिन्न स्वास्थ्य संस्थाका ७ जना रहेका छन् । दाङ, बर्दिया र महोत्तरी घर भएका एक–एक जना छन् । अरु सबै बाँके जिल्लामा घर भएका हुन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ४२ जना पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *