‘गुरुहरु’ नै क्याम्पसभित्रै आगजनीमा उत्रिएपछि…

मधु पौडेल । नेपालगन्ज
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका आंशिक प्राध्यापकहरुले पुत्ला दहन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरुलाई व्यवस्थापनको साटो विस्थापन गर्ने योजना अनुरुप अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका ल्याएको भन्दै तयारी समितिका संयोजक प्रा.डा.ओम बरालको सोमबार क्याम्पस परिसरभित्रै पुत्ला जलाइएको हो ।
नेपालगंज नेपाल आंशिक प्राध्यापक संघ इकाई समितिका अध्यक्ष धनीराम थापाले आंशिक प्राध्यापकलाई समान कामको समान ज्याला हुने गरी नयाँ कार्य विधिको माग गर्दै निर्देशिका जलाउने र पुत्ला दहनको गरिएको बताए ।
निर्देशिकामा जुन प्रकारले नियुक्ति मिति तोकेर त्रिभुवन विश्वविद्यालयले आफूहरुलाई धोका दिइरहेको समितिका सचिव ईश्वरीप्रसाद रिजालले आक्रोस ब्यक्त गरे । त्रिभुवन विश्वविद्यालयका कुलाध्यक्षहरुको समेत पुतना दहन लगायतका कडा कार्यक्रमहरु बन्ने समेत आशिंक प्राध्यापकहरुले बताएका छन् ।