कोरोनाबाट भारतका पूर्वराष्ट्रपतिको मुखर्जीको निधन

नेपालगन्ज : कोरोना भाइरसबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।
उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् मुखर्जीको निधन भएको पुष्टि गरेका हुन् । नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा सोमबार उनको ८४ वर्षको उमेरमा निधन भएको हो । २६ साउनमा कोरोना संक्रमण पुष्टि भएको थियो । सन् २०१२ देखि २०१७ सम्म उनी भारतको राष्ट्रपति थिए ।