त्रिभुवन चोकमा खुल्यो ‘अन्तर्राष्ट्रिय गुणस्तर’ को मिठाइ पसल

त्रिभुवन चोकको चटकारे रेष्टुरेन्टमा मिठाइ खाँदै नेपालगन्जका नगर प्रमुख डा.धवल शम्शेर राणा । फोटो : मेरो खुसी

नेपालगन्ज : ‘त्रिभुवन चोकमा बिहानैदेखि राति अबेरसम्म परम्परागत रुपमा पुस्तौंदेखि चना जोर, चाट, आदि आदि खाना पाइन्थ्यो’, अपरान्हतिर त्रिभुवन चोकमा भेटिएका साहित्यकार बिष्णुलाल कुम्हारले त्रिभुवन चोकबारे विगत सम्झे, ‘बाँकेबाट मन्त्री भएका फत्तेसिंह थारु हुन् अरु मन्त्री उभिएरै ती परिकार खाएर जान्थे । यसैमा गर्व गर्थे । अझैं गर्छन् । स्थानीयमा निकै लोकप्रिय यो ठाउँ र यहाँका परिकार भीआइपी व्यक्ति आउँदा भने भारतबाट कालिगढ मगाउनु पथ्र्यो । यही अभाव आज पूरा भएको छ ।’
त्यही त्रिभुवन चोकमा सोमबारदेखि नेपाल र भारतका ४० प्रकारका मिठाइका परिकारसहित चटकारे रेष्टुरेन्ट खुलेको छ । अपरान्हतिर रेन्टुरेन्टमा भेटिएका नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवश शम्शेर राणा फरक–फरक परिकारको स्वादमा रमाइरहेका थिए । रेष्टुरेन्टका सञ्चालक पशुपति दयाल मिश्र उनलाई फरक फरक स्वादका परिकारबारे जानकारी गराइरहेका थिए ।
मेरो प्लानेट कम्पनीले सञ्चालनमा ल्याएको यो रेष्टुरेन्टमा अन्तर्राष्ट्रिय गुणस्तरका मिठाइका परिकार पाइने प्रबन्ध निर्देशक डा.ओम मिश्रा बताउँछन् । उनी भन्छन्, ‘राजस्थानको घेवर, पंजाबको डोडा बर्फी कलकत्ताको सन्देश अमृतसरी छोला भटुरालगायतका परिकारका साथै विभिन्न किसिमका आइसक्रिमबाट बनाइएका स्पेशल मिल्कशेक जस्ता फरक परिकार उपलब्ध छन् ।’ चटकारे रेष्टुरेण्टमा शुद्ध स्वदेशी घ्युबाट बनेको मिठाइको परिकार उपलब्ध हुने कम्पनीले जनाइएको छ ।