९ प्रहरी, ३ बैंकका कर्मचारीसहित बाँकेमा थप २४ मा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार जिल्ला प्रहरी कार्यालयका ७ सहित ९ जना प्रहरी, एनआइसी एशिया, नबिल र माछापुच्छ्रे बैंकका एक एक जनामा कोरोना संक्रमण भएको हो । त्यसैगरी बर्दियाका ४ र दाङका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *