बाँकेमा थप १३ जना कोरोना जितेर डिस्चार्ज

नेपालगन्ज : बाँकेमा बुधबार थप १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ७ जना पुरुष र ६ जना महिला डिस्चार्ज भएका हुन् । होटल अतिथिको आइसोलेसनबाट ५, भेरी अस्पतालको आइसोलेसनबाट ४, खजुराको कृषि तालिम केन्द्रबाट २, क्यान्सर अस्पताल खजुरा र बैजनाथको बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रबाट एक एक जना डिस्चार्ज भएका हुन् ।