३ प्रहरीसहित ९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा बुधबार दिउँसो ३ जना प्रहरीसहित ९ जनामा कोरोना पुष्टि भएको छ । अस्पताल प्रयोगशालाले ३ः३० बजे सार्वजनिक गरेको कोरोना रिपोर्टमा ५ पुरुष र ४ महिलालाई संक्रमण पुष्टि भएकोमा जिल्ला प्रहरी कार्यालय बाँकेका ३ जना पुरुष प्रहरीमा कोरोना पुष्टि भएको हो । जसमा नेपालगन्जका ३, बाँकेको खजुरा, जाजरकोट र बर्दियाका एक एक जना छन् ।