नेपालगन्जमा २० र कोहलपुरमा १९ मा कोरोना पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा बिहीबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार नेपालगन्जमा २० र कोहलपुरका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा २९ पुरुष र १० जना महिलालाई कोरोना भएको छ ।