बर्दियामा ८ जनामा कोरोना

गुलरिया : बर्दियामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बिहिबार जिल्लाको गुलरियामा ४, मधुवनमा ३ र बाँसगढीका एकजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा बर्दियाको गुलरिया नगरपालिका वडानम्वर ५ र ६ का २/२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बिहिबार मधुवन नगरपालिका वडा नम्वर ३, ५ र ७ का एक/एकजनामा र बाँसगढी ३ का एकजनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय ५१ पुगेको छ भने जिल्लामा हालसम्म ३ सय १० जनाले कोरोना जितेर घर फर्किसकेका छन । बर्दियामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *