‘आउ नाचौं’ तीज डिजिटल प्रतियोगिता आठौं श्रृङ्खलाको उपाधि बर्दियाकी हमाललाई

नेपालगन्ज : रेडियो कृष्णसारले आयोजना गरेको ‘आउ नाचौं’ तीज डिजिटल प्रतियोगिता आठौं श्रृङ्खलाको उपाधि बर्दियाकी पूर्णिमा हमालले जितेकी छन् ।
त्यसैगरी बाँकेको खजुराकी आशिका नेपाली दोस्रो, खजुराकै पूजा पुन मगर तेस्रो र नेपालगन्जकी एलिजा चौधरीले सान्त्वना पुरस्कार जितेका छन् । प्रतियोगिताको विजेताले क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार पाउने रेडियोले जनाएको छ । प्रतियोगितामा २४ जनाले सहभागीले ३ मिनेटकोे तिज गीतमा नृत्य गरेको पठाएका थिए । रेडियो कृष्णसारको फेसबुक पेजमा अपलोड गरिएको भिडियोमा आएको भ्यूज र लाइक्सको आधारमा नजिता प्रकाशित गरिएको हो ।