विश्वको कोरोना संक्रमितको १६% भारतमा मात्र

नेपालको कूल संक्रमित ५१ हजार ९१९ रहेकोमा भारतमा कोरोनाबाट मृत्यु मात्रै ७७ हजार ५०६ पुगेको छ

नेपालगन्ज : विश्वमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको १६.२५ प्रतिशत भारतमा छन् ।
विश्वभरको कोरोना रेकर्ड अपडेट गर्ने साइट वर्डोमिटरर्स डट इन्फोको शनिबार बिहान ९ बजेसम्म विश्वमा कूल कोरोना संक्रमितको संख्या २ करोड ८६ लाख ५६ हजार रहेकोमा भारतमा मात्र ४६ लाख ५६ हजार संक्रमित पुगेका छन् । जुन विश्वभरका कूल कोरोना संक्रमितको १६.२५ प्रतिशत हो । जहाँ कोरोनाबाट मृत्यु मात्रै ७७ हजार पाँच सय ६ पुगेको छ । विश्वभर कोरोनाबाट मृत्यु भने ९ लाख १९ हजार रहेको छ । नेपालको कूल संक्रमित ५१ हजार ९ सय १९ रहेकोमा भारतमा कोरोनाबाट मृत्यु मात्रै ७७ हजार ५ सय ६ रहेको छ । नेपालमा कोरोनाबाट ३ सय २२ जनाले ज्यानले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।