१४ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि बाँकेको मालपोत कार्यालय ३१ भदौसम्म बन्द

नेपालगन्ज : बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि ३१ भदौसम्म कार्यालय बन्द भएको छ ।
प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले आइतबार बिहान एक सूचना प्रकाशित गरी कोरोनाको जोखिम नियन्त्रण गर्न कार्यालयको सेवा बन्द गरिएको बताएका छन् । शनिबार भूमिसुधार तथा मालपोत कार्यालयका १४ जना कर्मचारीसहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *