नेपालगन्जका ३०, प्रहरी ६ सहित बाँकेमा ४३ मा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा मंगलबार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा ४१ र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै नेपालगन्जका ३० जना छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका ६ जना, खजुरा गाउँपालिकाका ३ र कोहलपुर नगरपालिकाका एक जना छन् ।
योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय १२ पुगेको छ । डिस्चार्ज हुने एक हजार ७८, आइसोलेसनमा ४ सय २६ जना रहेका छन् । कोरोनाबाट अहिलेसम्म बाँकेमा ८ जनाको ज्यान गएको छ ।