इलाका प्रशासन कार्यालयमा सञ्चारकर्मीको धर्ना

मानबहादुर ठकुल्ला । टीकापुर
दिनेश सञ्चार गृहमा प्रवेश गरि आक्रमण गर्दै सन्चारकर्मी माथि कुटपिट गर्नेहरुलाई कारवाहीको माग गर्दै टीकापुरका सञ्चारकर्मीहरुले इलाका प्रशासन कार्यालय टीकापुरमा धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघ कैलाली शाखाको समन्वयमा भएको धर्ना कार्यक्रममा सन्चारकर्मीहरुले दोषीलाई कारबाहीको माग गर्दै आधा घण्टा धर्नामा दिएका हुन् । महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गा प्रसाद भण्डारीले पछिल्लो समयमा पत्रकार र सन्चार गृह माथि भइरहेका घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । उनले प्रहरीको प्रवक्ताले दिएको आधिकारिक धारणालाई पत्रकारले समाचार बनाउनुमा कुनै गल्ती नभएको भन्दै यदि गल्ती नै भए पनि कानुनी प्रक्रिया अपनाउनुको साटो सन्चारगृहमै गएर गुण्डागर्दी शैलीमा आक्रमण गर्नु निन्दनीय भएको बताए। त्यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद गणेश चौधरी, मातृकाप्रसाद तिमिल्सिनालगायतका सञ्चारकमीले दोषीलाई कारबाही नभए देशव्यापी रुपमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *