५ पुरुष र ५ महिलासहित १० जना डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा बुधबार थप १० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ५ जना महिला र ५ जना पुरुष डिस्चार्ज भएका हुन् । जसमा भेरी अस्पतालबाट ७, इन्द्रेणी होटलबाट २ र कृषि तालिम केन्द्रका १ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *