बाँकेमा नेपालगन्ज मेडिकल कलेजमा कोरोना परीक्षण गर्ने प्रयोगशाला खुल्यो

नेपालगन्ज : बाँकेमा कोरोना परीक्षण गर्ने अर्को निजी प्रयोगशाला खुलेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना प्रयोगशाला खुलेको हो । श्रेष्ठले बुुधबार मात्र शिक्षण अस्पतालको कोरोना प्रयोगशालामा ६ जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो । शिक्षण अस्पतालले भेरी अस्पतालको प्रयोगशालामा कोरोना संक्रमणको भ्यालिडेट गरेको हो । जसमा नेपालगन्जका ४ जना, दैलेख र कैलालीका एक एक जना छन् ।