बाँकेमा हट्यो शुक्रबार र शनिबारको निषेधाज्ञा

नेपालगन्ज : बाँकेमा शुक्रबार र शनिबार लगाइँदैै आएको निषेधाज्ञा हटेको छ ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १२ गते गरेको निर्णय उल्टाउँदै निषेधाज्ञा फुकुवा गर्ने निर्णय गरेको हो । यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघले निषेधाज्ञा हटाउन माग गरेको थियो ।