नयाँ संक्रमित थपिने भन्दा चार गुणा बढी डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा बिहीबार नयाँ संक्रमित थपिएको भन्दा चार गुणा बढी संक्रमित नयाँ संक्रमित थपिने भन्दा चार गुणा बढी डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका विभिन्न आइसोलेसनबाट ३४ पुरुष र १० महिला गरी ४४ जना डिस्चार्ज भएका छन्् । बिहान ८ः३० बजेसम्म १० जना नयाँ संक्रमित थपिएका छन् । थपिएका सबै नेपालगन्जका हुन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोरोना प्रयोगशालामा ९ जना र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरबाट एक जनामा कोरोना पुष्टि भएको हो ।
बाँके जिल्लामा कूल कोरोना संक्रमित एक हजार पाँच सय ४६ मध्ये एक हजार एक सय ३२ डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा चार सय ६ जना उपचारमा छन् भने कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।