नेपालगन्जमा कोरोनाबाट छैटौं व्यक्तिको निधन

नेपालगन्ज : कोरोना संक्रमणबाट नेपालगन्जमा छैटौं व्यक्तिको निधन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ वर्षका पुरुषको बिहीबार अपरान्ह ५ः१५ बजे कोरोनाबाट मृत्यु भएको हो । उनी २९ भदौमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका उनलाई बुधबार भेन्टिलेटर सहितको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उनको दुबै फोक्सोमा निमोनिया भएको थियो । बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ४६ रहेकोमा एक हजार एक सय ३२ जना डिस्चार्ज भइसकेका छन् भने चार सय ६ जना आइसोलेसनमा छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ९ पुगेको छ ।