बर्दियामा स्थानीय तहका कर्मचारी आन्दोलित

शक्ति परियार । राजापुर
बर्दिया जिल्लामा स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् ।
निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा विभिन्न स्थानीय तहमा पदस्थापन भएका कर्मचारीहरुले भाग लिन नपाउने भनी गरेको निर्णयप्रति आपत्ति जनाउँदै कर्मचारीहरु आन्दोलित भएका हुन् ।
आफूहरुलाई दोश्रो दर्जाको कर्मचारीको रुपमा व्यवहार गरेको भन्दै उनीहरुले सोमबार हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । एउटै ऐन अनुसार आफूहरुले नियुक्ति पाए पनि कर्मचारीबीच विभेद सृजना गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेकाले निर्णय सच्याउनु पर्ने कर्मचारीहरुको माग छ । आन्दोलित कर्मचारीहरुको संगठन स्थानीय तह कर्मचारी हक हित मञ्च जिल्ला कार्य समिति बर्दियाले ३ बुँदे मागसहित निर्वाचन अधिकृतको कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *