भेरीको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा सोमबार एकैदिन ४४ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाका अनुसार कोरोना पुष्टि हुनेमा २७ पुरुष र १७ महिला रहेका छन् । अधिकांश बाँकेकै छन् । डा.थापाले भने, ‘एक सातादेखि किटको अभाव छ । सुर्खेतबाट सापटी दिएर लक्षण देखिएका र भर्ना भएका अत्यावश्यक परेका व्यक्तिको मात्र परीक्षण गरिरहेका छौं ।’