डुडुवामा उद्घोषण तालिम सम्पन्न

बेतहनी (बाँके) : डुडुवा गाउँपालिकामा दुई दिने उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल), नेपालगन्जले डुडुवामा गठित प्रगतिशील किशोरी क्लबका पदाधिकारी र सदस्यहरुलाई उद्घोषण तालिम दिएको हो । बाल विवाह रोकथाम परियोजना अन्तर्गत किशोरीको सीप विकासका लागि तालिम सञ्चालन गरिएको स्याककी डुडुवा फिल्ड सुपरभाइजर आकृति यादवले जानकारी दिइन् । अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले तालिममा सहजीकरण गरेका थिए । तालिममा प्रगतिशील किशोरी क्लबका १२ जनाको सहभागिता रहेको थियो ।