डा. गोविन्द केसी बुद्ध एयरको विमान चढेर काठमाडौं प्रस्थान

नेपालगन्ज :  चिकित्सा क्षेत्र सुधारको माग राखेर अनसनमा बसेका डा.गोविन्द केसी एक रात भेरी अस्पतालमा उपचार गरेर मंगलबार मध्यान्न सवा १२ बजेतिर काठमाडौं प्रस्थान गरेका छन् ।
बुद्ध एयरको बिहान सवा ११ बजेको नियमित उडानमा जान लागेका डा.केसी चढेको विमान निर्धारित समयभन्दा झन्डै एक घण्टा डिले भएको थियो । काठमाडौं पुगेर डा.केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन जारी राख्ने उनका सहयोगी प्रितम सुवेदीले बताएका छन् । उनी सोमबार जुम्लाबाट नेपालगन्ज आएका थिए ।

नेपालगन्जको भेरी अस्पतालमा उपचार गराउँदै डा.केसी । फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *