बाँकेमा थप ५ जना संक्रमित डिस्चार्ज

नेपालगन्ज :  बाँके जिल्लामा शुक्रबार थप ५ जना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार होटल सिटी प्यालेस र होटल न्यू इन्द्रेणी आइसोलेसनबाट २/२ जना र लायन्स डेन्टल आइसोलेसनबाट एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुने ५ जना नै पुरुष हुन् । योसँगै बाँके जिल्लामा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ६१ पुगेको छ । आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या तीन सय ७७ रहेको छ । कोरोनाबाट अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ ।