बाँकेमा शनिबार थप १६ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा शनिबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पतालमा १३ र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा पुरुष र महिला आठ आठ जना रहेका छन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ७ सय ९० पुगेको छ ।