बाँकेमा २९ संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा सोमबार २९ जना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका आधा दर्जन आइसोलेसनबाट १९ पुरुष र १० महिला डिस्चार्ज भएका हुन् । योसँगै बाँके जिल्लामा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या एक हजार चार सय ६३ पुगेका छन् । जिल्लामा कूल कोरोना संक्रमितको संख्या भने एक हजार आठ सय २१ जना रहेकोमा आइसोलेसनमा तीन सय ४५ जना छन् । कोरोनाबाट जिल्लामा १३ जनाको मृत्यु भएको छ ।