अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर वितरण

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिकाले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेको छ ।
नगरपालिकाकाको महिला तथा बालबालिका शाखा प्रमुख संगीता शाहका अनुसार वडा नं १ देखि ९ सम्मका शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई ह्वील चेयर , बैशाखी, सेतो छडी, वाकरलगायतका सामग्री हस्तान्तरण गरिएको हो । १४ थान ह्वीलचेयर, ७ थान ट्राइकल,१० थान छडी, ५ थान बैशाखी, ५ थान अलबुकेट, ४ थान वाकर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।