राजापुरका ८२ स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

शक्ति परियार । राजापुर
कमैंया महिला जागरण समाज नेपालले राजापुर नगरपालिकाका ८२ जना स्वास्थ्यकर्मीलाई
स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
राजापुर नगरपालिका परिसरमा बुधबार आयोजित कार्यक्रममा संस्थाकी कार्यक्रम अधिकृत जिरा विकले नगर उप–प्रमुख मनकलाकुमारी चौधरीलाई सामाग्री हस्तान्तरण गरेकी हुन् । उप–प्रमुख चौधरीले कोरोना विपतको समयमा स्वास्थ्यकर्मीहरुका लागि गरेको भन्दै सहयोगी संस्थाप्रति आभार व्यक्त गरेकी थिइन् । नगर स्वास्थ्य शाखामार्फत हरेक स्वास्थ्यकर्मीलाई प्रदान गरिएको सामग्रीहरुमा पुनःप्रयोग गर्न मिल्ने पीपीइ, पन्जा, एन ९५ मास्क, जुत्ताको कवर, सेनिटाइजर, डिस्पोजल ब्यागलगायतका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *