दाङकी ३५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

नेपालगन्ज : दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ की ३५ वर्षीया एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोराना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा बुधबार दिउँसो ३ बजे भएको हो । १८ असोजमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोरोना प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । सोही राति उनी ११ः४५ बजे भेरीमा भर्ना भएकी थिइन् । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारको क्रममा आएका व्यक्तिको कोरोनाबाट मृत्यु हुने संंख्या १० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *