अधिवक्ता शाहको कृति ‘चौकीदारदेखि वकिलसम्म’ विमोचन

 नेपालगन्ज : अधिवक्ता लोकबहादुर शाहको संस्मरणात्मक पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ बिहीवार नेपालगन्जमा विमोचन भएको छ ।
क्रियटिभ बुक्सले पुस्तक प्रकाशन गरेको पुस्तकको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायधीश पवनकुमार शर्माले विमोचन गरेका हुन् । कार्यक्रममा नेपाल बारका केन्दीय उपाध्यक्ष अधिवक्ता सुनिल श्रेष्ठ र शिक्षाकर्मी शशी स्वाँरले पुस्तकमाथि टिप्पणी गरेका थिए । टिप्पणीकार श्रेष्ठले शाहको सुरुवाती संघर्ष र सफलता हरेक युवा पेशाकर्मीका लागि प्रेरणा हुने बताए ।
पुस्तक पढ्दा अछाम तथा सुदूरपश्चिमको तत्कालीन अवस्थाको चित्रण गरिएको स्वाँरले बताइन् । लेखक शाहले लकडाउनको अवधिलाई सदुपयोग गर्दै संस्मरणलाई पुस्तकको रुप दिएको बताए । पुस्तकको सम्पादन पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले गरेका हुन् । क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले हरेक व्यक्तिका संघर्ष, भोगाइ र सफलता अरुका लागि प्रेरणादायी हुने भएकाले तिनलाई समेटेर पुस्तकार दिनुपर्नेमा जोड दिएका थिए ।